ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा ३ जनाको मृत्यु

नेपालगाथा २०७७ फाल्गुण १९ गते बुधबार १४:५५:१० मा प्रकाशित

काठमाडौं, १९ फागुन सप्तरी, खडक नगरपालिका-४ बनरझुलास्थित सडकमा स.१ क २४३ नम्बरको बसले स.७ प ५३२४ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिंदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ६० वर्षीय सकिल रहमानको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको नर्सिङगहोम लहान सिरहा हुँदै बिराट नरसिंह होम बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धनुषा, शहिदनगर नगरपालिका-३ झण्डा चोकमा प्र.२-०२-००३ प ६१७२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-६ हट्टिपुर बस्ने २२ वर्षीय श्रवण पासवानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ललितपुर, ललितपुर महानगरपालिका-४ बागडोलस्थित सडकमा स.१ ज ५६७ नम्बरको फोर्स गाडीको ठक्करबाट सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक, सिन्धुपाल्चोक गाउँपालिका-२ लाटु घर भएकी १९ वर्षीया अन्जु दाहालको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top