ट्रेण्डिङ

होमपेज / समाज

जुवा खेलिरहेको अवस्थामा ३ जना पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १९ गते बुधबार १४:३८:०२ मा प्रकाशित

पर्सा, १९ फागुन बहुदरमाई नगरपालिका-१ बिश्रामपुरस्थित बाँसघारीमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ४० वर्षीय गुरदेली साह, बारा कलैया उपमहानगरपालिका-२३ बस्ने ५२ वर्षीय जंग बहादुर साह र बारा कलैया उपमहानगरपालिका-१४ बस्ने ४० वर्षीय राजेश मेहता रहेका छन् । उक्त बाँसघारीमा जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

साथै प्रहरीलाई देखि भागी हाल फरार भएका अन्दाजी १७ जना व्यक्तिहरूको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top