ट्रेण्डिङ

होमपेज / समाज

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १८ गते मंगलबार १४:०५:१३ मा प्रकाशित

झापा, १८ फागुन बहुविवाह मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका-१० बस्ने ३० वर्षीय तोयानाथ अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७१ भदौ ३० गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष ६ महिना कैद र १० हजार रुपैयाँ जरिवा ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । अधिकारीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top