ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.रावल

नेपालगाथा २०७७ फाल्गुण १७ गते सोमबार १९:०२:०३ मा प्रकाशित

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको कार्यवाहक उपकुलपतिमा डा.मंगल रावलले जिम्मेवारी पाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले डा. रावललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका हुन् । प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री त्रिपाठीले डाक्टर रावललाई सोमवार जिम्मेवारी दिएका हुन् ।

चार वर्षअघि नियुक्त भएका उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबारदेखि कार्यकाल सकिएपछि डा.रावलले कार्यवाहकको जिम्मेवारी पाएको मन्त्रालयले जनाएको छ । डा.रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अस्पताल निर्देशकको रुपमा कार्यरत थिए । डा.रावल हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top