ट्रेण्डिङ

होमपेज / समाज

आज पनि अधिकांश स्थानको मौसम बदली

नेपालगाथा २०७७ फाल्गुण १७ गते सोमबार ०९:५१:४१ मा प्रकाशित

काठमाडौँ । मुलुकका अधिकांश स्थानमा सोमबारको मौसममा पनि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली हुने मौसमविदले बताएका छन्।

यसबाहेकका भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सोमबार राति पनि प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top