होमपेज / समाज
धनुषा, १६ फागुन हंषपुर नगरपालिका-६ सोनिगामा चोकस्थित सडकमा ज.२ प ३४०७ नम्बरको गुडिरहेको मोटरसाइकलबाट लडेर शहिदनगर नगरपालिका-३ यदुकुवा बस्ने ३५ वर्षीया सुधा साहको आइतबार बिहान मृत्यु भएको छ ।
लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि राम जानकी अस्पताल जनकपुरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।