ट्रेण्डिङ

होमपेज / समाज

सहकारी शिक्षा शिविर सम्पन्न

नेपालगाथा २०७७ फाल्गुण १५ गते शनिबार २१:०७:५० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरस्थित जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा आज सहकारी शिक्षा शिविर सम्पन्न गरीएको छ । संस्थाको वार्षिक कार्ययोजना अन्तर्गत संस्थामा नव आवद्ध एवंम् सम्भावित सदस्यहरुलाई सहकारी सम्बन्धि आधारभुत शिक्षा प्रदान गर्ने उद्धेश्यकासाथ कार्यक्रम सञ्चालन भएको हो । संस्थाका सञ्चालक एवंम शिक्षा उपसमिती संयोजक श्री हरिहर बस्नेतको सभापतित्वमा सम्पन्न उक्त तालिम कार्यक्रममा संस्थाका अध्यक्ष एवंम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक श्री हरीहरनाथ योगीको प्रमुख आतिथ्यता, शिक्षा उपसमिती सदस्यद्धय श्री प्रदिप पन्त तथा श्री नरेन्द्रराज पुरी, पिपीरा सेवा केन्द्र प्रमुख श्री प्रेम आचार्य लगाएतको आतिथ्यता रहेको थियो । 

निमित्त प्रबन्धक श्री मित्रेन्द्रनाथ योगी प्रमुख प्रशिक्षक रहनुभएको कार्यक्रममा सहकारीका मूल्य, मान्यता, सिद्धान्त, संस्थाको गतिविधि,सहकारी संस्थामा आवद्ध हुनुको विभिन्न अवसर तथा फाईदाहरु, आर्थिक, सामाजिक तथा आर्थिक उन्नतीका उपाय एवंम संस्थाको बचत तथा क्रृण निति का बारेमा प्रष्ट पार्नुभएको थियो भने सहकारी को प्लेटफर्ममा रहेर आफ्ना ब्यक्तित्व विकासका अवसरहरुकाका साथै समय सान्दर्भिक विषय बस्तुका बारेमा सह प्रशिक्षकको भुमिकामा रहनुभएका कार्यक्रम सभापति एवम् शिक्षा उपसमिती संयोजक श्री हरिहर बस्नेतले रमाईलो प्रस्तुतिकरण गर्नुभएको थियो ।  

तालिमको प्रमाण पत्र समेत प्रदान गरीएको र अन्तरक्रियात्मक रुपमा सञ्चालित शिक्षा शिविर कार्यक्रममा ७६ जना नव शेयर सदस्य  तथा केही सम्भावित सदस्य र कर्मचारीहरु गरी ८८ जनाको सक्रिय सहभागिता रहेको संस्थाका वित्तिय परामर्शक श्री भोज प्रसाद आचार्यले जानकारी दिनुभयो । शिक्षा उपसमिती सदस्य श्री प्रदिप पन्तले संचालन गर्नुभएको उक्त कार्यक्रममा स्वागत मन्तब्य शिक्षा उपसमितीका सदस्य श्री नरेन्द्र राज पुरीले दिनुभएको थियो । 

प्रमुख अतिथी एवं सहकारी बैंकका सञ्चालक श्री हरिहरनाथ योगीबाट समुद्घाटन गर्नुभएको उक्त कार्यक्रममा बोल्दै “बचत तथा ऋण सहकारीहरुमा शिक्षित सदस्य हुनु भनेको सुरक्षित साकोस हुनु सरह” रहको उल्लेख गर्दै आजको उल्लेख्य रुपमा सक्रिय सहभागीहरु देखेर एकदमै खुसी लागेको कुरा ब्यक्त गनुभयो । कार्यक्रमको औचित्यता माथि प्रकाश पार्दै सहकारी सफल हुने आधारभूत मान्यतालाई आत्मसाथ गर्दै तालिम आयोजना गरीएको कुरा अवगत गराउंदै शिक्षा उपसमिती संयोजक एवं  कार्यक्रमका सभापति हरिहर बस्नेतले कार्यक्रम समापन गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top