होमपेज / समाज
चितवन, १४ फागुन राप्ती नगरपालिका-२ गड्यौली बस्ने नारायण बर्तौलाको खाद्यान्न तथा तरकारी पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी हुँदा खाद्यान्न तथा अन्य सामानहरु जलेर करिब २० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।