ट्रेण्डिङ

होमपेज / समाज

उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १३ गते बिहीबार १६:१८:०४ मा प्रकाशित

काठमाडौं, १३ फागुन उपहार पर्‍यो भन्दै ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपक कुमार दुबे लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले विभिन्न मितिमा उपहार पर्‍यो भनी प्रलोभनमा पारी पीडितलाई आइएमई मार्फत पैसा पठाउन लगाई ठगी गर्दै हिँडेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-६ याङरिमा हिलसिटीबाट उनीहरुलाई नगद ५३ हजार रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top