ट्रेण्डिङ

होमपेज / समाज

मोरङ हत्याकाे कडाइका साथ अनुसन्धान शुरु

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार २०:०२:११ मा प्रकाशित

काठमाडाैँ। मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ ।

साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेपछि प्रहरीले घटनाका सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले आज पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उहाँले घटनाको छानविनमा केही ढिलाइ भए पनि दोषी उम्कन नदिने दाबी गर्दै पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमीकमजोरीका विषयमा पनि छानविन भइरहेको धारणा राख्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top