होमपेज / समाज
भक्तपुर, १२ फागुन मध्यपुरठिमी नगरपालिका-१ मनहरास्थित डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोजेको अभियोगमा ललितपुर बालकुमारी बस्ने रामेछाप लिखु गाउँपालिका-६ घर भएका २८ वर्षीय ज्ञान नारायण श्रेष्ठलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको बा.८४ प ७१९५ नम्बरको मोटरसाइकलले ट्राफिक चेकिंङमा खटिएको प्रहरीलाई सामान्य ठक्कर दिए पश्चात प्रहरीलाई प्रभावमा पार्न उक्त नगद दिन खोजे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।