ट्रेण्डिङ

होमपेज / समाज

श्रोत नखुलेको २५ लाख ५० हजार रुपैयाँ सहित पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १२ गते बुधबार १३:५९:५५ मा प्रकाशित

धनुषा, १२ फागुन नगराईन नगरपालिका-२ नगराईन बजारस्थित महोत्तरी लोहारपट्टी नगरपालिका-५ बस्ने ३५ वर्षीय संजय कुमार साहको नेहा फेन्सी स्टोरबाट श्रोत नखुलेको २५ लाख ५० हजार नेपाली रुपैयाँ सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही स्टोरका संचालक संजय र भारत बिहार बस्ने २४ वर्षीय सुमित कुमार यादब रहेका छन् । उक्त स्टोरमा भारतबाट अवैध रुपमा लुकाई ल्याई नेपाली रुपैयाँ राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी लग्मा जटहीबाट खटिएको प्रहरीले उक्त स्टोरमा तलासी गर्दा १ हजार रुपैयाँ दरको १ हजार ६ सय वटा नोट र ५ सय रुपैयाँ दरको १ हजार ९ सय वटा नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई उक्त रुपैयाँ सहित भन्सार कार्यालय धनुषामा बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top