होमपेज / समाज
काठमाडौँ । पहाडी क्षेत्रमा बुधबार आंशिकदेखि सामन्य बदलीको सम्भावना रहे पनि अरु क्षेत्रको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण पहाडीसहितका विभिन्न क्षेत्रमा मौसम केही प्रभावित भएको हो ।
अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ । बुधबार दिउँसो पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । यस्तै राति देशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना साथै प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।