ट्रेण्डिङ

होमपेज / समाज

कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार १७:२७:०१ मा प्रकाशित

झापा, ११ फागुन आफ्नै श्रीमती ४९ वर्षीया बिष्णु माँया तामाङ राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दमक नगरपालिका-३ भुटानी शरणार्थी शिविर बस्ने ५५ वर्षीय सरे राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी कुटपिट गरी बिष्णु मायाको हत्या पश्चात फरार रहेका सरेलाई ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले दमक नगरपालिका-२ स्थित घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top