ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा २ जनाको मृत्यु

नेपालगाथा २०७७ फाल्गुण ११ गते मंगलबार १४:२१:११ मा प्रकाशित

काठमाडौं, ११ फागुन ललितपुर, ललितपुर महानगरपालिका-४ जावलाखेल चोकमा बा.२ ख ३५७४ नम्बरको बस र प्रदेश ३-०२-१० प ५५८९ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका-४ बागडोल बस्ने उदयपुर कटारी गाउँपालिका-४ घर भएकी २३ वर्षीया सिर्जना राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाही, कबिलासी नगरपालिका-१ पिपरियास्थित सडकमा मोटरसाइकलबाट लडेर सोही ठाउँ बस्ने ६० वर्षीया सबिना खातुनको मृत्यु भएको छ । हाल नम्बर नखुलेको मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top