होमपेज / समाज
काठमाडाैँ। सिराहाको बस्तीपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सिराहाबाट धनुषातर्फ आउँदै गरेको बस सिराहाको कर्जन्हा नगरपालिका–४ स्थित बस्तीपुरमा रोकी राखेको ट्रकमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।घाइतेहरूको कर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्रकचालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।