ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घन्टामा १२५ जना संक्रमित थपिए

नेपालगाथा २०७७ फाल्गुण १० गते सोमबार १६:४८:३३ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मोरङमा १, बारामा ३, रौतहटमा १, काठमाडौँमा ४२, काभ्रेका ४, चितवनमा ९, भक्तपुरमा ६, मकवानपुरका २ र ललितपुरमा ४ जना संक्रमित थपिएका छन्।

यस्तै सिन्धुपाल्चोकका १, कास्कीमा १७, गोरखाका १, तनहुँका २, नवलपरासीपुर्वमा ४, बागलुङमा १, कपिलवस्तुका १, दाङमा ९, पाल्पामा १, प्युठानका १, बर्दियाका १, बाँकेमा ३, रुपन्देहीमा ४, रोल्पाका १, कञ्चनपुरका १, कैलालीका ४ तथा डोटीका १ जनामा संक्रमण पुष्टि भएको छ।

सोमबार थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९६६पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top