होमपेज / समाज
रुपन्देही, १० फागुन ओमसतिया गाउँपालिका-३ करवानीस्थित हरि बहादुर थापाको माछा पोखरीमा काम गर्ने सियारी गाउँपालिका-१ घर भएका २७ वर्षीय कमल पुरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
सोही स्थानमा पानी तान्ने मोटरबाट करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।