होमपेज / समाज
काठमाडौं गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।
गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङका अनुसार बारपाक सुलिकोट गाउँपालिका -१ बारपाकमा एक जना वृद्ध र एक बालिका र एक जना महिला सोमबार बिहान मृत भेटिएका हुन्।सोमबार बिहान ८ बजेसम्म चहलपहल नभएपछि स्थानीयले गएर हेर्दा सुतेकै ठाउँमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयकाे भनाइ छ।
स्थानीय ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएका हुन।