होमपेज / समाज
काठमाडौं, १० फागुन सिन्धुली, मरिण गाउँपालिका-६ प्रतिटोल बस्ने सांगे लामा भन्ने २६ वर्षीय सांगे दोङलाई १ थान कटुवा पेस्तोल सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-६ चंदुरी खोलामा ईलाका प्रहरी कपिलाकोटबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा सोही ठाउँस्थित प्रतिटोल जंगलमा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो । डोटी, के.आई.सिंह गाउँपालिका-१ गणेशकाँडा बस्ने ३७ वर्षीय दिल बहादुर शाहीलाई १ थान भरुवा बन्दुक सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सूचनाको आधारमा प्रहरी चौकी बायलबाट खटिएको प्रहरीले उनकै कोठाको लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।