ट्रेण्डिङ

होमपेज / समाज

छात्रालाई बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १० गते सोमबार १०:४९:४१ मा प्रकाशित

काठमाडौँ ।   डडेल्धुरामा एक जना शिक्षकलाई बलात्कार आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।

गन्यापधुरा गाउँपालिका-४ को भुवनेश्वरी माध्यमिक विद्यालयका ४७ वर्षीय शिक्षकलाई १० वर्षीय बालिकामाथि  जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो।विद्यालयले कक्षा २ मा पढ्ने बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीसमक्ष उजुरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने  बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top