होमपेज / समाज
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको भारतमा आज स्वास्थ्य परीक्षण हुने भएको छ ।आज दिउँसो १ः३० बजे उनको स्वास्थ्य परीक्षण डा. प्रोफेसर विक्रम भाटियाद्वारा हुनेछ ।
स्वास्थ्य परीक्षण र चिकित्सकसँगको परामर्श पश्चात मात्रै रोगको निर्क्यौल हुनुका साथै उपचारका बारे के कसो गर्ने भन्ने टुंगो लाग्नेछ ।पेटमा समस्या देखिएपछि भट्टराईले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।