ट्रेण्डिङ

होमपेज / समाज

देशभर कुन क्षेत्रको मौसम आज कस्तो रहन्छ?

नेपालगाथा २०७७ फाल्गुण १० गते सोमबार ०९:२७:३७ मा प्रकाशित

काठमाडौँ । पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका केही स्थानमा आंशिक बदली हुने भएको हो ।

अहिले देशका केही पहाडी भू–भागमा आंशिक बदली रहि अन्य क्षेत्रमा मौसम सामान्यतया सफा छ । सोमबार दिउँसो प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना छ । बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top