ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतका ‘राउटे समुदाय’ भत्ता सुविधाबाट वञ्चित

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार २०:१६:४० मा प्रकाशित

सुर्खेत । सुर्खेतका लोपोन्मुख फिरन्ते जाति राउटे समुदाय सरकारले दिँदै आएको भत्ता सुविधाबाट वञ्चित भएका छन्। नेपालको फिरन्ते जीवनयापन गदै आएका राउटेलाई नेपाल सरकारले प्रति व्यक्ति मासिक ३ हजार रुपैयाँ दिँदै आएको छ । कर्णाली प्रदेश सरकारको क्याबिनेटले पुस ६ गते त्यसमा २ हजार थप गरी दिने निर्णय गरेको थियो ।

थप गरिएको भत्ता रकम अहिलेसम्म पाउनु पर्ने र थप रकम नपाएको भनेर जिज्ञासा राख्न खोज्दा सामाजिक विकास मन्त्रालयका सचिव लेखनाथ पौड्याले फोन काटेर बसेको र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले फोन नउठाएको राउटेका मुखिया शेर बहादुर राष्कोटिले बताए ।

सामाजिक विकास मन्त्रालयमा आएका मुखिया राष्कोटि भन्छन् ‘तीन महिना भयो हामीलाई न भत्ता पाएका छौ न चामल, दाल र कपडा पाएका छौँ । कर्णालीको सरकारले हामीलाई भत्ता बढाई दिएका छौँ भन्छन्, अहिले सम्म पाका छैनौँ’ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top