ट्रेण्डिङ

होमपेज / समाज

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार १४:०६:४६ मा प्रकाशित

पर्सा, ९ फागुन वीरगंज महानगरपालिका-१५ प्रतिमा चोकस्थित भारतको रक्सौल घर भएका मुन्ना आलमको गाडीको सिट बनाउने पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा सिलाई मेशिन, रेक्जिन, सिटफम तथा अन्य सामान जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top