ट्रेण्डिङ

होमपेज / समाज

तास खलिरहेको अवस्थामा १५ जना पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार १३:५२:०३ मा प्रकाशित

नवलपरासी(पूर्व), ९ फागुन कावासोती नगरपालिका-४ बस्ने ३६ वर्षीय लेख बहादुर थारुको घरमा तास खेलिरहेको अवस्थामा लेख बहादुर लगायत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ४७ हजार ४ सय ५५ रुपैयाँ र २ बुक तास सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top