ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित ३ जना पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ९ गते आइतबार १३:४८:३७ मा प्रकाशित

काठमाडौं, ९ फागुन काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध २ सय ७० ट्याब्लेट नाईट्राजेपाम सहित रौतहट चन्द्रनिगाहपुर नगरपालिका-१ बस्ने २२ वर्षीय प्रबेश पाख्रिनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.१ ज ३३१७ नम्बरको टाटा सुमोलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रबेशलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-५ शरणपुरस्थित सडकबाट करिब १ किलो ५ सय ग्राम अवैध लागूऔषध चरेश(पोल्याण्ड) जस्तो देखिने पदार्थ सहित काठमाडौं मनमैजु बस्ने मकवानपुर थाहा नगरपालिका-७ सलेभन्ज्याङ्ग घर भएका २८ वर्षीय सुर्य बिक्रम गोलेलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

बा.६० प ८४०४ नम्बरको सवार गोलेलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । पर्सा, बीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाइट्राभेट र ७२ पीस SMAPSX सहित सोही महानगरपालिका-३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको अटोमा सवार मण्डललाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनले लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top