ट्रेण्डिङ

होमपेज / समाज

विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १७ जना घाइते

नेपालगाथा २०७७ फाल्गुण ७ गते शुक्रबार १७:०२:१३ मा प्रकाशित

रामेछाप, ७ फागुन मन्थली नगरपालिका-५ मच्छेडाँडीस्थित सडकमा बा.५ ख २८५७ नम्बरको बस ब्रेक फेल भई सडकमा पल्टिएर शुक्रबार बिहान दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।

सेतीदेवी माध्यमिक विद्यालय सालुबाट मन्थलीस्थित मन्थली माध्यमिक विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि विद्यार्थीहरु लिई मन्थलीतर्फ आउँदै गरेको उक्त बस दुर्घटना हुँदा सवार १७ जना विद्यार्थीहरु र १ जना सहचालक गरी १८ जना घाइते भएका हुन् ।

घाइतेहरुलाई उपचारको लागि तामाकोसी अस्पताल मन्थलीतर्फ पठाइएकोमा थप उपचारको लागि ५ जनालाई काठमाडौंतर्फ पठाइएको हो । दुर्घटना स्थलमा तत्काल खटिएको प्रहरीले घाइतेहरूको उद्वार गरेको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top