होमपेज / समाज
काठमाडौं, ७ फागुन सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-६ स्याले बस्ने २८ वर्षीय सूर्य नारायण गिरीको करेन्ट लागेर बिहीबार दिउँसो मृत्यु भएको छ ।
सोही गाउँपालिका-३ ठूलो भोताङमा विद्युत ट्रान्सफर्मको ब्यारेल लगाउने क्रममा अचानक करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । डोल्पा, मुडकेचुला गाउँपालिका-४ बस्ने २३ वर्षीय वीरेन्द्र वुढाको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।
ससुराली घरमा घएको अवस्थामा त्रिपुरा सुन्दरी नगरपालिका-५ बेरुगोठस्थित विद्युतको पोलमा चढेका उनको करेन्ट लागेर पोलबाट तल खस्दा घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।