होमपेज / समाज
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र दिवस - २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा कर्णाली प्रदेश प्रमुख गाेविन्दप्रसाद कलाैनीद्वारा शुभकामना व्यक्त गर्नुभएकाे छ। शुभकामना सन्देशमा प्रदेश प्रमुख कलाैनीले आजभन्दा ७० वर्षअघि (वि. सं. २००७ साल फाल्गुण ७ गते) आजकै दिन १०४ वर्षे निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भई नेपाली जनताले प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिनुहुने वीर सहिदहरू प्रति भावपूर्ण श्रद्धाञ्जली समेत अर्पण गर्नुभएकाे छ।
यसैगरी विभिन्न कालखण्डमा भएका नेपाली जनताका बलिदानीपूर्ण सङ्घर्षबाट हामीले प्राप्त गरेका उपलब्धिहरूको रक्षा गर्दै मुलुकमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गरी सुशासन कायम गर्न र मुलुकको समृद्धिमा सबै मिलेर अगाडी बढ्दै “समृद्ध नेपाल, सुखी नेपाली”को राष्ट्रिय आकांक्षा पुरा गर्न सबै एकजुट भएर लाग्नुपर्ने आजको आवश्यकता रहेकाे प्रदेश प्रमुख कलाैनीद्वारा व्यक्त गरिएकाे शुभकामना सन्देशमा भनिएकाे छ।