होमपेज / समाज
सुर्खेत । प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा बिहीबार आयोजित नियुक्ति तथा सपथ ग्रहण समारोहमा कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश लोक सेवा आयोगका अध्यक्षमा रामप्रसाद उपाध्याय, सदस्यमा बसन्तीकुमारी सिंह शाही र भक्तबहादुर खड्कालाई नियुक्त गर्नुभएको छ ।
उक्त कार्यक्रममा प्रदेश लोक सेवा आयोगको ऐन बमोजिम अध्यक्षलाई प्रमुखज्यूले र सदस्यहरूलाई नवनियुक्त अध्यक्षले पद तथा गोपनियताको सपथ गराउनु भएको छ । आयोजित नियुक्ति तथा सपथ ग्रहण कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश सभाका सभामुख राजबहादुर शाही, उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी, सुरक्षा अङ्गका प्रादेशिक प्रमुखहरू, प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिवहरू, सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा बिभिन्न कार्यालयका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
.jpg)