ट्रेण्डिङ

होमपेज / समाज

प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ६ गते बिहीबार १४:३५:२५ मा प्रकाशित

मोरङ, ६ फागुन प्रहरीलाई दूर्व्यवहार गरेको अभियोगमा विराटनगर महानरपालिका-१८ रेलवे स्टेसनबाट सोही ठाउँ बस्ने १९ वर्षीय सन्जिब कुमार यादब समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष कामले को.२३ प २११६ नम्बरको मोटरसाइकलमा सवार २ जना प्रहरी कर्मचारीहरुलाई स्थानीय केटाहरुले सरस्वतीको मूर्ति बिसर्जन गर्दै गरेको अवस्थामा उक्त मोटरसाइकल रोकी चाबी खोसी कुटपिट गरी दूर्व्यवहार गरेपछि ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top