ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ६ गते बिहीबार १४:३२:३८ मा प्रकाशित

कपिलवस्तु, ६ फागुन कृष्णनगर नगरपालिका-८ लोहरौला चोकबाट करिब १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित शिवराज नगरपालिका-१० लालपुर बस्ने ३६ वर्षीय हरि नारयण गुप्तालाई बुधाबर राति प्रहरीले पक्राउ गरेको छ ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेका गुप्तालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top