ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि सरकारले दियाे अनुमति

नेपालगाथा २०७७ फाल्गुण ६ गते बिहीबार १२:१९:२४ मा प्रकाशित

काठमाडौँ कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि सरकारले अनुमति दिएको छ । 

औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने निर्णय गरिसकेको छ । यसअघि अक्सफोर्ड एस्ट्राजेनिका र सेरम इस्न्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई अनुमति दिइएको थियो । 

भारतले उपलब्ध गराको १० लाख डोज ‘कोभिसिल्ड’ खोप नेपालमा अहिले प्रयोग भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top