ट्रेण्डिङ

होमपेज / समाज

हिंसा नियन्त्रणमा सरकार संवेदनशील छ : गृहमन्त्री थापा

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार २०:३१:०८ मा प्रकाशित

काठमाडाैँ। गृहमन्त्री रामबहादुर थापाले सबै प्रकारका महिला हिंसाका घटना नियन्त्रण गर्न सरकार संवेदनशील रहेको बताउनुभएको छ ।

“त्यस्ता जघन्य घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन मन्त्रालय प्रतिबद्ध छ”, उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभयो, “बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त कानूनी कारवाहीको दायरामा आइसकेको छ ।” मन्त्री थापाले संवेदनशील रहेको यस घटनाको सफल अनुसन्धान गर्दै अभियुक्त पक्राउ गर्न सफल नेपाल प्रहरीसहितको समूहलाई धन्यवाद पनि दिनुभयो ।

यसअघि गृहमन्त्री थापाले मङ्गलबार मात्रै उक्त घटनाको दोषी नजिक प्रहरी पुगिसकेको सार्वजनिक गर्नुभएको थियो । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या गरेको आरोपमा पक्राउ परेका १६ वर्षका किशोरलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top