ट्रेण्डिङ

होमपेज / समाज

भागरथीकी आमा भन्छिन् : हत्यारा लुकाउने खेल हुँदै छ, शव बुझ्दैनाैं

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार २०:०१:१६ मा प्रकाशित

कैलाली । भागरथी हत्यामा संलग्न आरोपीलाई आज (बुधबार) प्रहरीले अन्दाजी १७ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको छ। तर, भागरथीकी आमा द्रौपदी भट्टले भने पक्राउ गरेर सार्वजनिक गरिएका किशोर हत्यामा संलग्न भएको भन्ने कुरामा आफू विश्वस्त नभएको बताएकी छन्। 

उनले हत्याराका रुपमा बैतडी प्रहरीले सार्वजनिक गरेका दिनेश भट्टले भागरथीको हत्या गरेको प्रहरीको दाबीमा आफू विश्वस्त नभएको बताएकी हुन्। किशोरलाई देखाएर प्रहरीले हत्यारा लुकाउने प्रयास गरेका उनको भनाई छ। “घटना भएको दिन दिनेश चार बजे घाम छँदै घर आएको हो। उसलाई मैले मेरी छोरी आइनन् भनेर सोधेकी हुँ, उसले देखेन भन्यो ।

आज उ नदेखेको मान्छे मैले गरेको हुँ भन्दैछ। उ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ। बाजे–बाजे भाइ हुन्। छोरी जेठी हो, ऊ कान्छो हो। ऊ भन्दा छोरी ठूली थिई। एक्लैले कसरी मार्‍यो भागरथीलाई मैले धकेलेर मारेको हुँ भनिरहेको छ रे,' भागरथीकी आमा द्रोपतीले भनिन्।

हिजोसम्म सामूहिक बलात्कार भन्ने, आज आएर त्यो सानो बच्चाले गरेको हो भन्ने यो हत्यारा लुकाउने खेल भएकोे द्रोपतीको भनाइ छ। द्रोपतीले छोरी भागरथीले न्याय नपाउँदासम्म शव नबुझ्ने पनि बताएकी छन्। “जहिले सम्म मेरो छोरीले न्याय पाउँदिन। तबसम्म म शव पनि बुझ्दैन। अब मेरी छोरीले न्याय पाउँदिन भन्नेमा म ढुक्क छु। न्याय नपाएपछि मैले बाच्नुको अर्थ छैन। म पुलिस चौकी अगाडि गएर मर्दिन्छु,' उनले भनिन्।

५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

भागरथी हत्यामा संलग्न भट्टलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ। भट्टविरुद्ध जबरजस्ती करणी र ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए। 

बैतडीको दोगडाकेदार गाउँपालिककी १७ वर्षीया किशोरी भागरथी माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी थिइन्।अभियुक्त भट्टले आफ्नो अपराध स्वीकारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top