ट्रेण्डिङ

होमपेज / समाज

एपीएफ टोलीद्वारा चोरीपैठारीको घडीसहित पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार १७:४२:०३ मा प्रकाशित

रौतहट  रौतहट जिल्लाको ईशनाथ नगरपालिका ४ रामनगर स्थित सीमा ईलाकाबाट माघ ४ गते एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोहि जिल्लाको गौर नगरपालिका ५ पोखरीया बस्ने १८ वर्षिय निजामुद्दिन खान छन् । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामपुरखाँपबाट खटिएको एपीएफ टोलीले उनलाई उक्त घडीसहित पक्राउ गरेको हो । ना ३९ प ६७८३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज खानलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित घडी फेला परेपछि उक्त घडीसहित उनलाई पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेका निज खानलाई बरामद घडी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य ८५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top