होमपेज / समाज
काठमाडाैँ। प्रहरीले बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार र हत्याका आरोपी दिनेश भट्टलाई सार्वजनिक गरेकाे छ ।घटना भएको दुई सातापछि प्रहरीले बैतडीस्थित दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।
धेरैलाई आशंका थियो- भागरथीको बलात्कार-हत्या अनुसन्धान पनि निर्मलाकै जस्तै हुने त होइन। यो सफलतापछि प्रहरीले भन्न थालेको - निर्मला पन्तको हत्यारा पनि पत्ता लाग्दैछन्।‘यो अनुसन्धान अधिकृतको मेहनत, समाजको सहयोग र विश्वसनीय अनुसन्धानको कौशलले प्राप्त हुने नतिजा हो,’ सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदी भन्छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका दिनेश भट्ट अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिइएको हो । भागरथी र दिनेश चिनजानका मात्र होइनन्, नाताका पनि हुन् । जिल्ला प्रहरी कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भागरथीको हत्यामा अहिलेसम्म दिनेशबाहेक अरू कोही संलग्न नदेखिएको बताएका छन।
भट्टले प्रहरीसँग दिएको बयानमा प्रतिसोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीको बुबाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले उनको हत्या गरेको भट्टले बताएको प्रहरीले जनाएको छ ।