ट्रेण्डिङ

होमपेज / समाज

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन शुरु

नेपालगाथा २०७७ फाल्गुण ५ गते बुधबार १३:३४:३८ मा प्रकाशित

काठमाडौँ । नेपाल पत्रकार महासंघको २६ महाधिवेशन काठमाडौँमा शुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो । अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुन‘पासाङ’ले गरे । राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ ।

बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम समापन गर्ने तयारी छ । महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top