होमपेज / समाज
नवलपरासी(पूर्व), ४ फागुन देवचुली नगरपालिका-१० स्थित सडकबाट करिब ६ किलो अवैध लागूऔषध गाँजा सहित कावासोती नगरपालिका-१५ बस्ने ३५ वर्षीय प्रकाश घिमिरेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
लु.४२ प ६०३६ नम्बरको मोटरसाइकललाई अस्थाई प्रहरी पोष्ट दलदलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकल चालक घिमिरेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।