होमपेज / समाज
काठमाडाैँ। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तम सुवेदी आफैं भागरथी भट्ट हत्या अनुसन्धानका लागि फिल्डमा खटिएको १० दिन पुगेको छ।
डिआइजी सुवेदीले समग्र अनुसन्धानको निगरानी, निर्देशन र अनुगमन गर्ने काम गरिरहेका छन्। उनी आफैं स्थानीय, परिवार तथा शंकास्पद व्यक्तिहरूसँग सोधपुछमा छन्।हत्याको विरोधमा बैतडीमा शैक्षिक हड्ताल गरिएको छ। विद्यालयबाट घर फर्किरहेको बेला बाटोमा विभत्स रुपमा हत्या भएको विरोधमा तीन दिन शैक्षिक हड्ताल गरिएको छ।
न प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छ। अधिकारीहरू यो घटनामा प्रहरीको ‘रणनीति’ अलि फरक रहेको बताउँछन्।