ट्रेण्डिङ

होमपेज / समाज

सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते

नेपालगाथा २०७७ फाल्गुण ४ गते मंगलबार १३:०७:१८ मा प्रकाशित

काठमाडौं, ४ फागुन   बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा बा.६७ प ९६०४ नम्बरको मोटरसाइकललाई ना.४ ख ८४८१ नम्बरको ट्रकले सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार रौतहट दुर्गा भगवती नगरपालिका-९ बस्ने २६ वर्षीय रोशन झाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुर्गा भगवती नगरपालिका-९ बस्ने २६ वर्षीय चन्दन झाको सोही अस्पतालमा उपचार भईरहेको छ । ठक्कर दिने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाम, ईलाम नगरपालिका-७ तिल्केनि मोडस्थित सडकमा मे.१ ह ३०२२ नम्बरको अटो आफैँ अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा अटो चालक सोही नगरपालिका-९ बस्ने २० वर्षीय अबिकल सुन्दासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईलाम हुँदै थप उपचारको लागि नोवेल अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top