ट्रेण्डिङ

होमपेज / समाज

अवैध लागूऔषधसहित पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ४ गते मंगलबार १३:०४:१९ मा प्रकाशित

काठमाडौं, ४ फागुन  दाङ, घोराही उपमहानगरपालिका-१९ दुईखोलीबाट नियन्त्रित लागूऔषध ६ केजी १ सय ग्राम अफिम जस्तो देखिने पदार्थ सहित रोल्पा थवाङ गाउँपालिका-५ बस्ने ३८ वर्षीय प्रकाश घर्तीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले घर्तीलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको गरेको छ । पक्राउ पर्नेहरुमा डुडुवा गाउँपालिका-५ बस्ने २१ वर्षीय बिष्णु थारु र सुर्खेत बीरेन्द्रनगर नगरपालिका-३ कालागाउँ बस्ने २७ वर्षीया सृजना थापा रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो र ईलाका प्रहरी कार्यालय जमुनाहबाट संयुक्त रुपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top