ट्रेण्डिङ

होमपेज / समाज

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७७ फाल्गुण ३ गते सोमबार १५:४०:५२ मा प्रकाशित

बाँके, ३ फागुन बहुबिवाह मुद्दाका फरार प्रतिवादी कोहलपुर नगरपालिका-४ निबुवा बस्ने ३४ वर्षीय जय बहादुर गिरी र सोही ठाउँ बस्ने ३३ वर्षीया छायाँ गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बाँकेको २०६८ कात्तिक ३० गतेको फैसलाले बहुविवाह मुद्दामा २ वर्ष कैद सजय ठहर भई फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको
प्रहरीले पक्राउ गरेको हो । दुबै जनालाई जिल्ला अदालत बाँकेमा बुझाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top