होमपेज / समाज
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको छ।
मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५४ पुगेको छ। देशभर १ हजार ६ सय ४ सक्रिय संक्रमित रहेका छन्।