होमपेज / समाज
सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतको अर्धवार्षिक समिक्षा कार्यक्रम फागुन १ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न उक्त समिक्षा कार्यक्रममा अघिल्लो समिक्षको निस्कर्ष तथा आ.व. २०७७।०७८ को बार्षिक निती,कार्यक्रम तथा बजेटका आधारमा तयार गरेको लक्ष्य अनुसार यस आ.व. ०७७।०७८ अर्धवार्षिक अवधिमा संस्थाले लिएको लक्ष्य अनुसारको रणनितिहरु र कार्यान्वयनको अवस्था, अर्धवार्षिक प्रगतिको समिक्षा तथा सबल पक्ष, सुधार गर्नुपर्ने कुराहरु र चालु आवको निर्धारीत लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनुपर्ने थप रणनीतिहरुको बारेमा विस्तृत छलफल भएको थियो ।
उक्त कार्यक्रममा संस्थाको मूख्य कार्यालय लगाएत तिन ओटै सेवा कार्यालयका विभागिय ब्यवस्थापकहरुले क्षेत्रगत प्रगति प्रतिबेदन एवं रणनीती, समष्टिगत प्रगति एवं लक्ष्य प्राप्तीका प्रतिबेदनहरु प्रस्तुत गर्नुभएको थियो भने लक्ष्य हासिल गर्ने रणनिति र कार्यक्रम संचालनका लागि थप निर्देशन संस्थाका कोषाध्यक्ष नवराज कडेंलले गर्नु भएको कार्यक्रममा कार्यक्रको सभापति एवं संस्थाका अध्यक्ष हरिहरनाथ योगी ज्यू बाट निचोड सहित कार्यक्रम सम्पन्न भएको थियो ।
वार्षिक निति, कार्यक्रम तथा बजेटका बिषयमा सेवा केन्द्र प्रमुख मितेन्द्रनाथ योगी र संस्थाको वित्तिय प्रतिवेदन का विषयमा लेखापाल बसन्त बहादुर बुढाले सहजीकरण गनुभएको उक्त कार्यक्रममा पूर्व सञ्चालक ज्यूहरु विभिन्न उपसमितीका पूर्व सदस्यहरु, वर्तमान सञ्चालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यहरु, ऋण उपसमितीका संयोजक एवं सदस्यहरु, शाखा सुवरीवेक्षक कृष्ण प्रसाद गौतम, पिपिरा सेवा केन्द्र प्रमुख प्रेम आचार्य, त्यसैगरी विभागिय प्रमुख कर्मचारीहरु लगाएत ५१ जनाको सक्रिय उपस्थीती रहेको संस्थाका वित्तिय परामर्शक श्री भोज प्रसाद आचार्यले जानकारी दिनुभयो ।
.jpg)
सेवा केन्द्र प्रमुख मित्रेन्द्रनाथ योगिले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तब्य कोषाध्यक्ष नवराज कडेंल र समुद्घाटन सहित कार्यक्रमको औचित्यता संस्थाका अध्यक्ष एवं कार्यक्रममा सभापति हरिहरनाथ योगीले राख्नुभएको थियो । उहाँले वर्तमान कोभिडको विषम परिस्थितिमा आफ्नो संस्थको साख कायम गर्न संस्थाले निर्धारण गरेको लक्ष्य प्राप्तीका लागि सबैले आफ्नो तह र तप्काबाट महत्वपूर्ण भूमिका खेल्नुहुन समेत निर्देशन दिनुभएको थियो ।