ट्रेण्डिङ

होमपेज / समाज

महिलाको हत्या गरेको अभियोगमा २ जना पक्राउ

नेपालगाथा २०७७ फाल्गुण १ गते शनिबार १७:३१:२९ मा प्रकाशित

बारा, १ फागुन महागढीमाई नगरपालिका-१ बस्ने कान्तीदेवी कुशवाहाको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा महागढीमाई नगरपालिका-१ बरियापुर कचहरी टोल बस्ने ४२ वर्षीय लालबाबु प्रसाद कुशवाहा र सोही ठाउँ मठवा टोल बस्ने ४८ वर्षीया धनेश्वरी देवी कुशवाहा
रहेका छन् । उनीहरुमध्ये लालबाबुलाई बिहीबार र धनेश्वरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । कान्तीदेवी आफ्नै घरमा माघ २५ गते राति मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा मृतकका परिवार र धनेश्वरीबीच जग्गा लगायत विविध विषयमा विवाद रहेकाले अपराधिक प्रवृत्तिका लालबाबुलाई परिचालन गराई कान्तीदेवीको हत्या गराएको खुल्न आएको छ ।

पक्राउ परेका लालबाबु यस भन्दापूर्व २०५६ देखि २०६१ सालसम्म ३ वटा डाँका मुद्दा, १ वटा हातहतियार खरखजना मुद्दा र १ वटा केही सार्वजनिक अपराध मुद्दामा समेत पक्राउ परी सजाय भोगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top