ट्रेण्डिङ

होमपेज / समाज

पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीको अपोलो अस्पताल भर्ना

नेपालगाथा २०७७ फाल्गुण १ गते शनिबार ०८:२४:२१ मा प्रकाशित

दिल्ली । नेकपा प्रचण्ड-माधव समूहका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल दिल्लीको अपोलो अस्पताल भर्ना भएका छन्।

उच्च रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या रहेका खनाल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।पूर्वप्रधानमन्त्री खनाल शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।स्वास्थ्य परीक्षणपछि उनी सोमवार स्वेदश फर्कने नेता विष्णु रिजालले जानकारी दिए 

यसैबीच,भारतका लागि नेपाली राजदूत निलाम्बर आर्चायले पूर्व प्रधानमन्त्री खनाललाई अस्पतालमा गएर भेट गरेका छन् ।आचार्यले खनाल भर्ना भएको अस्पतालमा पुगेर भेट गरेका हुन् । राजदूत आचार्यले शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि गरेका छन् 

प्रतिक्रिया

सम्बन्धित खवर

Top