होमपेज / समाज
सुर्खेत । कर्णाली प्रेदशको राजधानी सुर्खेत,वीरेन्द्रनगर बसपार्क अगाडी ट्राफिक कोनको अभाव देखिएको छ । सडकमा टल्कने ट्राफिक कोनले दुर्घटना न्युनिकरण गर्ने गर्दछ । रातको समयमा ट्राफिक कोन टलक्क टल्कने गर्दछ । राजधानि सुर्खेतमा जनसंख्या वृद्धिका साथै सवारी साधन दिन दिनै बढ्दै गएका छन् । जसले वीरेन्द्रनगरका सडकमा चाप बढीराखेको छ ।
त्यसैमा राजधानी सुर्खेतमा ट्राफिक कोनको अभाव रहेकाले दुर्घटना बढ्ने गरेको जिल्ला ट्राफिक कार्यालय, सुर्खेतले प्रशासनलाई बताएको छ । सुर्खेत स्थित रत्न राजमागको उत्तरी भागमा, सुर्खेत वीेरेन्द्रनगर बसपार्क रहेको छ । बसपार्कको दक्षिणी भागको गेट स्थित ४ लाइनको सडक जोडिएको छ । ठिक अगाडी, सडकको बीच भागमा ट्राफिक कोन राख्नको लागी करिब ५० मिटर स्थान सडक विभागले छुट्याइएको छ । छुट्याइएको ठाउँमा कोन राखिएको छैन् ।
जसले यात्रु झुकिने र दुर्घटनामा पर्ने गरेका छन् । ट्राफिक कोन सडक विभाग सुर्खेत, स्थानिय निकाय र ट्राफिक कार्यालयको समन्वयमा राख्ने गरीन्छ । जसका लागी सडक विभाग र स्थानिय निकायमा पत्राचार गरेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताए ।
त्यस्तै जिल्ला ट्राफिक कार्यालय सुर्खेतबाट पत्र आएको स्वीकार्दै आवश्यक टाफिक कोनको छिटै व्यवस्थापन गर्ने सडक विभाग सुर्खेतका इन्सेपेक्टर विजय कुमार थापाले बताए ।