ट्रेण्डिङ

होमपेज / समाज

महिला हिंसा र प्रतिगमनविरुद्ध काठमाडौंमा महिला मार्च

नेपालगाथा २०७७ माघ ३० गते शुक्रबार १६:३०:४४ मा प्रकाशित

काठमाडौं। महिला हिंसा र प्रतिनिधिसभा विघटनको विरोधमा आज (शुक्रबार) काठमाडौंमा महिला मार्च भएको छ । काठमाडौंको वसन्तपुरबाट शुरु भएको महिला मार्च रत्नपार्क हुँदै भद्रकालीबाट सिहंदरबारतर्फ अगाडि बढ्ने बताइएको थियो । तर, भद्रकालीमै प्रहरीले रोकेको छ । मार्चको क्रममा सरकारले महिला हिंसा रोक्न नसकेको भन्दै आक्रोश व्यक्त गरिएको छ ।

मार्चमा सहभागीले महिला हिंसा बन्द गर, बलात्कारीलाई सजाय दे, हत्यारा पहिचान गरेर कारबाही गर लेखिएका प्लेकार्ड बोकेका थिए । ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ समूहको ब्यानरमा महिला मार्च भएको हो । महिला मार्चमा सहभागीले हरेक दिन प्रतिगमन भएको भन्दै आक्रोश व्यक्त गरे । महिला मार्चसहितको विरोध प्रदर्शनमा विभिन्न राजनीतिक दलसँग आबद्ध महिला नेतृसँगै मानवअधिकार क्षेत्रमा क्रियाशिल महिलाहरुको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top